शीर्षक : समाधी

चिरेर  सपनाका भ्रमहरु  शुन्यमा म  हराउन सकुँ  

सागरको लहरमा बगाउन सकुँ  बकम्फुसे रहरहरु 

मेटाएर सदाका लागि तथाकथित खुसी अनि पीडाहरु 

फुलाउन सकुँ  शान्ति र शीतलता , यो मनको गहिराइमा बरु।


तिम्रो प्रेमिल  स्पर्शमा , तिम्रै सानिध्यमा 

तिम्रै अंश झैँ लाग्ने  फूलका  मुस्कानहरुमा  

तिम्रै प्रेमले चुमेका पर्वतका चुचुराहरुमा 

तिम्रै स्नेहको झरीमा रुझेका  रनबन बीच नै

जारी रहोस् अन्तर्यात्राको मौन यात्रा 

मेरा प्रियतम ।