दुखेँ थाहा पाएपछि यौबन यो  खाली माटो रहेछ !!

मुर्छा परेँ  जानेर जिन्दगी घाउहरूको खाटो रहेछ!!

उ श्वास हो मेरो तड्पी रहेँ म उस्को पलायनतामा

रेटिएपछी  पिरतीको  घाँटी बुझेँ सम्बन्ध फाटो रहेछ।

फुस्रो  आधुनिकतामा अन्धो भै  खसेपछि चुचुरा देखि

बुझ्छ मान्छे अध्यात्म  जिन्दगीको स्वर्णिम  पाटो रहेछ ।

घरबारको लङ्का जलाउछ सङ्काको राकोले 

बुझ्छ मान्छे विश्वास छानो जोगाउने भाटो रहेछ।

बुझ्नु जरुरी छ हतारका मान्छे जति दौडिए पनि

आखिर गन्तव्य मुखी एउटै अनन्तको बाटो रहेछ।

Post Tab v2

Create attractive tabs according to your need with the post tab v2 design template.