आज पनि खुलेन यादहरुको बहिखाता।
एकदिन सुन्दै थिएँ शिलापत्र पोड्कास्ट , लेखक कुमार नगरकोटीको आवाज बोलिरहेको थियो ” अधुरा यादहरु मधुरा हुन्छन् ”
एक्कासी मलाई आफ्नै यादहरुको याद आयो, बिद्धुतिय चुलोमा प्याँज भुट्दै गरेको हात हठात् पावर पोइन्टमा पुग्यो, चुलो बन्द भयो, प्याज डढाएको आरोपबाट मुक्त भैयो, आनन्द लाग्यो, सरासर बेडरुममा गए, डायरी लिएर बसेँ खोल्न अधुरा यादहरुका बहिखाता ।
थोरै डायरीको पनि कुरा गर्छु ,हस्?उक्त डायरी मलाई मेरो सैतिसौ जन्मदिनमा आफ्नै सुपुत्रीबाट जन्मदिनको उपहार स्वरुप प्राप्त भएको थियो, क्रप टिसर्ट , टिपिक्क मिनिस्कटमा उसकी अधबैंसे आमा खुब राम्री लाग्छ उसलाई , प्राय जन्मदिनमा यस्तै यस्तै उपहार म पाउने गर्थें । यति सानो कुरा के अनुमति मागी लेखेको होला लेखकले हजुरलाई लाग्न सक्छ , खास कुरा छ क्या अहिले सन्दर्भ आउँदा खुलाउने नै छु।
नेपालको माया छँदैछ न्युजिल्यान्ड पनि मेरो मुटु मै बसेको देश हो, प्राकृतिक छटा वास्तवमै अवर्णनीय छ र पनि केही लेख्न मलाई मेरो शयनकक्षमा पसारिएको मध्यम दर्जाको सुत्ने खाट, खज्मजिएको तन्न्नामाथि खुट्टा पसारेर ओढ्नै पर्छ प्रिय पुरानो फाइबरको सिरक। उसै गरेँ ।
एक झडपमै, यादहरु बिस्मृतिको शहरमा लोप भैहाले,
झट्ट उठेँ ओछ्यानबाट, खज्मजिएको तन्ना मिलाएँ , सिरक पट्याएर नेपाली ढाँचामै ओछ्यानको कुनामा सपक्क राखेँ, फेरि खुट्टा पसारेर अर्को असफल प्रयास गरेँ , यादहरुलाई मुन्ट्याएर स्मृतिको गाउँमा फर्काउन, अहँ: हुँदै भएन, झन् भएन । बरु मिनिस्कटले नछोपिएको नाङ्गो तिघ्रा माथि ढसमस्स बसेको डायरीको आवरण पृष्ठमा उत्ताउलीरहेका तीन बेस्या पुरुष क्रमशः लिसन, फील यान्ड कृयट अचानक मेरो सर्बाङ्ग छुँदै , चुम्दै यसरी सम्मोहनमा पारे कि एकछिनमै म तिनको आलिङ्गनमा थिएँ, संसर्गको परम आनन्दमा थिएँ, कसरी बर्णन गरुँ जस्तो कि एक नब बधु साँच्चिकै कुमारी नब बधु, मैले किन साँच्चिकै थपेँ बुझ्नु भयो नि ? हो सुहाग रात कि उनी ,अलि चित्त बुझेन, अँ, प्रेम उन्मादले मत्त भएर सयौं हजारौंको आँखा छली बन्द कोठामा निस्फिक्री प्रेमिको छाती माथी कान थापीरहेकी प्रेमिका होईन यो झन् भएन, साँच्चै एक जोगी सुनसान रातमा मसान घाटमा एक खुङ्खार बेस्यासँगको कामालापमा, म बाट भएन ,तुलना छोडिदिएँ अधुरो नै
अघि नै भनेँ मसँग जोडिएका, यात्राको क्रममा छोडिएका, यादहरु नै पनि सबका सब यसरी नै अधुरो छुटे।
बरु तिनै सुन ! अनुभुत गर ! सिर्जना गर! तिनै सँगको पालै पालोको घमासान समागम पछि थोरै थकित , धेरै पुलकित हुँदै थचक्क बसेँ ओछ्यानमा फेरि, डायरीलाई पहिलेकै अबस्थामा बन्द गरिदिए, आज पनि खुलेन यादहरुको बहीखाता।